काठमाडौं, चैत्र १० । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरी नेपालको अवस्था बताउने भएका छन्।
अहिले स्वास्थ्यमन्त्री, चिकित्सकलगायतको बैठक बसिरहेको र मध्याह्न १२ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने सचिवालयले जानकारी दियो।
“अहिले मन्त्रालयमा छलफल चलिरहेको छ। पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ,” सचिवालयले भन्यो।
सरकारले सोमबारदेखि उच्च सतर्कता अपनाएको छ। उत्तर र दक्षिणतर्फका सबै सीमानाका बन्द गरिएको छ। लामो दूरीका सवारीसाधन चल्न रोक लगाइएको छ। कार्यालयहरूमा सेवाग्राही आउन पनि बन्द गरिएको छ।
स्वास्थ्य मन्त्रालयले थप निर्णय गर्ने र त्यसको जानकारी पत्रकार सम्मेलनमार्फत गर्न लागेको बताइएको छ।
Facebook Comments