चैत्र १० । जापानको टोकियोमा यसै वर्ष आयोजना हुने ओलम्पिक खेलकुद स्थगित नभए क्यानडाले आफ्ना खेलाडी नपठाउने भएको छ।
कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै क्यानाडाको ओलम्पिक कमिटिले जापानलाई ओलम्पिक एक वर्ष पछि सार्न अनुरोध गरेको छ। यदि ओलम्पिक तोकिएको मितिमा भए आफ्ना खेलाडीले सहभागिता नजनाउने समेत क्यानाडाले बताएको छ।
टोकियो ओलम्पिक एक वर्ष पछि नसारे खेलाडी नपठाउने चेतवानी दिने क्यानडा पहिलो राष्ट्र हो। यस अघि विभिन्न खेलका सर्वोच्च संस्थाले भने ओलम्पिक सार्नु पर्ने बिषय उठाउदै आएको थियो।
टोकियो ओलम्पिक आगामी जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको छ। आयोजक जापानले भने ओलम्पिक निर्धारित समयमै गर्ने बताईरहेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि पनि टोकियो ओलम्पिक सार्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय समचार संस्थाले जनाएको छ। एजेन्सी