चैत्र १० । अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले सन् २०२० मा टोकियोमा हुने तय भएको ओलम्पिक खेल स्थगित गर्ने तयारी गरेको छ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण आईओसीले निर्णयका लागि चार हप्ताको समय लिने भएको छ।
विश्वभरका एथ्लेटिक्स संघ र राष्ट्रिय ओलम्पिक कमिटिको दबाबका बीच आईओसीको कार्यकारी बोर्ड बैठक आईतबार सम्पन्न भएको छ। राष्ट्रिय ओलम्पिक कमिटिहरुले ओलम्पिक सार्न आईओसीमाथि दबाब बढाईरहेका छन्।
प्रतियोगिता केही महिना स्थगित वा पुरै बर्ष भन्ने बिषयमा निर्णय हुन सक्ने बताईएको छ । बेलयात लगायत धेरै ओलम्पिक कमिटिले खेल स्थगित गर्न आईओसीलाई सुझाव दिदै आएका छन्।
Facebook Comments


























