मनोज घिमिरे
चीनको वुहान शहरमा गत बर्ष २०१९ डिसेम्बर ३१ तारिकका दिन कोरोना भाइरसको संक्रमण पहिलो पटक केहि ब्यक्तिमा देखा परेको थियो।
कोरोना भाईरसको सङ्क्रमणबाट हाल सम्म चीनमा ३ हजार २ सय ६१ जनाले ज्यान गुमाएका छन। चिन हुँदै हाल युरोपको ईटलिमा महामारि बनेको कोरोना भाईरसले ईटलिमा मात्र ४८२५ भन्दा बढि ब्यक्तिको ज्यान लिईसकेको छ। बिश्वको १८८ वटा देशहरूमा फैलिसकेको कोरोना भाईरसको संक्रमण हाल सिङ्गो मानव समुदायका लागि एउटा डर लाग्दो चुनौती बनेको छ।
बिश्वका अति विकसित धनी देश देखि कम बिकसित तथा बिकासउन्मुख देश गरि जम्मा १३ हजार ६ सय ७४ जनाले हाल सम्म ज्यान गुमाइसकेका छन।
के मानव समुदायको अस्तित्व संकटमा पर्ने त होइन भन्ने विषयमा बिश्वका सबै बिकसित देशहरू सोच्न थालेका छन। छिमेकि देश भारतमा पनि ३९१ जना संक्रमित भेटिएकाछन भने हाल सम्म ७ जानाले ज्यान गुमाइसकेका छन।
हाल सम्म ग्रीन जाेनकाे रूपमा रहेकाे नेपालमा बिरगंजका एक ब्यापारी जो भारतको पटनामा एक अस्पतालमा कोरोना संक्रमित भएको बिभिन्न संचार माध्यमले जानकारी गराएता पनि उनको रिपोर्ट नेगेटिभ आएको छ।
नेपाललाई बिश्व स्वास्थ संस्थाले उच्च जोखिममा राखेको छ भने तुरुन्तै भारतसँगको सम्पुर्ण सिमा क्षेत्र बन्द गर्न सुझाब दिएकाे छ। हाल नेपाल सरकारले सम्पुर्ण अन्तरास्ट्रिय हवाई उडान करिव १० दिनकालागि बन्द गरेको छ। लामो दुरिका यातायात पनि पनि बन्द गर्दैछ। नेपाल हाल सेमि लकडाउनको अवस्थामा छ। बिश्वमा कोरोना भाईरसको माहामारि फैलदै गर्दा नेपाल सरकारले पनि सम्पुर्ण नेपालीहरुलाइ संक्रमणबाट बच्न र बचाउनका लागि बिभिन्न उपायहरु अवलम्बन गर्ने प्रयास गरिराखेको छ। देशका बिभिन्न स्थानमा अस्थायी आईसोलेसन वार्ड तयार गर्दै छ। भलै तयारी अझै गर्न जरुरी छ। केही ब्यक्तिहरु भने सरकारको यस प्रयासलाई मजाक बनाउदै सामाजिक संजालमा बिभिन्न अफवाह फैलाउँदै आनन्दीत महसुस गरिरहेका छन।
त्यस्तै अफवाहका त्रासबाट नेपालिहरू लौन महामारि नेपालमा पनि फैलिदैछ अब मरिने त होईन भनेर त्रसित छन्। नाकाबन्दि हुने त होइन भनि आत्तिएको अवस्था छ। रोग लागेर भन्दा झुठा हल्लाका कारण नेपाली ले ज्यान गुमाउलान भन्ने डर छ। सबैजना खाद्यवस्तु भण्डारण गर्न तर्फ हुलका हुल ब्यस्त छन। केही ब्यापारीहरु मौकाको फाईदा उठाउदै काला बजारि गर्न तल्लीन छन्। जहाँ सरकारले ध्यान पुराउन सकेको छैन। सरकारले २५ जना भन्दा बढि जम्मा नहुनु भनेर निर्देशन नै जारि गरेको छ। तर पनि कहि कतै सो निर्देशन पालना गरेको पाइदैन।
खाद्यबस्तुको अभाब हुन दिदैनौं सरकार भन्छ, हामी सरकारको बिश्वास गर्दैनौं। काला बजारि गर्नेहरुले हाम्रो कारण खुलेआम आफ्ना कर्तुत जारि राखेका छन्। विपदको घडीमा सरकारको निर्देशन पालना गर्नु एक असल नागरिकको कर्तब्य हो।
कहि कतै केही नेपालीलाई कोरोना भाईरसको संक्रमण पाइएको खण्डमा तपाई हाम्रो अवस्था के होला। एक जना नेपालीलाई भारतको पटनामा संक्रमण भेटियो भन्ने संचार माध्यमबाट आएको गलत खबरले पनि नेपालीलाई केही बेर निकै चिन्तित बनायो।
त्यसैले पनि समयमै सचेत रहदै कोरोना संक्रमणबाट बच्न र अरूलाई पनि बचाउन सरकारको निर्देशन पालना गरौं। घरमा नै बसौं। हरेक पटक साबुन पानीले हात धौहौं। कडा ज्वरो तथा श्वास प्रश्वासमा समस्या आए तुरुन्त अस्पताल वा डाक्टरको सल्लाह लिऔं।
लेखक चितवनका पुराना सञ्चारकर्मी हुन्। हाल उनी सिनर्जी एफएममा कार्यरत छन्।
























