वीरगञ्ज, चैत्र ९ । वीरगञ्जका एक नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण भएको बताइएको छ। ६ दिनअघि बिरगंजको गण्डक अस्पतालबाट रेफर गरिएका ति व्यक्तिलाई कोरोना भएको भारतको पटनास्थित एक अस्पतालले पुष्टि गरेको भनिए पनि पुष्टी भइसकेको छैन।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यस विषयमा जानकारी लिने क्रममा रहेको बताएका छन्।
प्राप्त जानकारी अनुसार ति व्यक्ति एक हप्ताअघि विरगंजको गण्डक अस्पताल पुगेका थिए। अस्पतालले उपचार नगरेपछि ति व्यक्ति भारतको पटनास्थित पिएमसी अस्पताल पुगेको बताइएको छ।
कोरोना संक्रमित व्यक्तिका बारेमा पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित समाजवादी पार्टी नेपालका सांसदले फेसबुकमा स्टाटस राखेका थिए। उनले उक्त स्टाटस अहिले हटाएका छन्।
सांसद यादवले कोरोना संक्रमण भएको पुष्टि भएका व्यक्तिको नाम शिवकुमार रुंगाटा भएको लेखेका छन्।
