काठमाडौं, चैत्र ९ । मन्त्रिपरिषदले नेपाल–भारत सीमा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ।
आइतबार साँझ बसेको बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको निष्कर्ष निकाल्दै भारत र चीनको सीमा नाका १० देखि १६ चैतसम्म बन्द गर्ने निर्णय गरेको भुमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।
मन्त्रिपरिषदले कोरोना संक्रमण भएकालाई उपचार गर्न तथा यस विरुद्ध काम गर्नका लागि रु ५० करोडको कोष पनि स्थापना गर्ने निर्णय पनि गरेको छ। कोषमा मन्त्रीहरुको एक–एक महीनाको तलब राख्ने र अन्यलाई सहयोगको आह्वान गर्ने निर्णय भएको मन्त्री अर्यालले बताइन्।
Facebook Comments