काठमाडौं, चैत्र ९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाभाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गरेका छन्।
प्रचण्डले विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना संक्रमणबाट बच्न चेतना अभिवृद्धि गर्न पार्टी र आमजनसमुदायमा अपिलसमेत गरेका हुन्। सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न पनि प्रचण्डले आग्रह गरेका छन्।
‘सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन्।
आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य बस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारलाई प्रचण्डको आग्रह छ।
‘आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गर्दछु,’ उनले भनेका छन्।


























