चैत्र ८। पोर्चुगलका पूर्व डिफेन्डर पाउलो फेरिराले क्रिस्टियानो रोनाल्डोले ४० वर्षको उमेरसम्म व्यवसायिक फुटबल खेल्न सक्ने बताएका छन्।
चेल्सीका पूर्व डिफेन्डर समेत रहेका पाउलोले रोनाल्डोको मेहेनत र इच्छा शक्तिको कारण उनले ४० वर्षसम्म खेल्ने दाबी गरे।
‘मैले रोनाल्डोलाई लामो समयबाट चिन्छु। उसको मनोभाव र उनको मेहेनत सबै उल्लेखनीय छ,’ उनले भने, ‘जबसम्म उसको शरीरले उसलाई खेल्न अनुमति दिदैन, त्यस समयसम्म उ यहिँ स्तरमा रहने छन्। र, मलाई लाग्छ कि उनी चार वा पाँच वर्षसम्म बाँच्नेछन्।’
युभेन्ट्सका स्टार रोनाल्डो अहिले ३५ वर्ष पुगिसकेका छन्। तर,पनि क्लबका लागि उनले उत्कृष्ट खेलिरहेका छन्।
यस सिजन रोनाल्डोले २५ गोल गरिसकेका छन्। यस्तै उनले रोनाल्डो अझै टिमका मुख्य र निर्णायक खेलाडी रहेको बताए।
पाउलोले रोनाल्डोसँग सन् २००४ देखि १० सम्म पोर्चुगलबाट खेलेका थिए। एजेन्सी

























