काठमाडौं, चैत्र ८ । कोरोना भाइरसका कारण अमेरिकी डलरको मूल्य निरन्तर बढेर १२० रुपैयाँ ६८ पैसा पुगेको छ।
२०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न ११९ रुपैयाँसम्म तिर्नुपरेको थियो। त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको थियो तर, पछिल्लो समय पुनः डलर बलियो हुन पुगेको हो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आजका लागि एक डलरको खरिददर १२० रुपैयाँ ८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा तोकेको छ। कोरोना भाइरसको डर त्रासका कारण डलर किनेर राख्न थालेपछि महँगो हुन पुगेको हो।
नेपाली रुपैयाँ कमजोर र अमेरिकी डलर बलियो बन्न पुग्दा विदेशबाट आयात हुने सामान महँगो पर्ने भएको छ। डलर बलियो भएका कारण उपभोक्ताले विदेशी सामान किन्दा बढी मूल्य तिर्नुपर्ने हुन्छ।
Facebook Comments


























