पोखरा, पुस २५ । माघ १ मा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वको छेको पारेर बिदा दिने निर्णय गरेको हो।
शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ मा सार्वजनिक बिदाबारे जानकारी दिए। गएको वर्षमा पनि प्रदेश सरकारले माघी पर्वको छेकोमा सार्वजनिक बिदा दिएको थियो।
माघी पर्व पवित्र नदिमा स्नान गरेर पुजा आजा गरि मनाइन्छ। घिउ, चाकु, तरुल आदि परिकार माघी मेलामा खाने गरिन्छ। यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान विधेयक स्वीकृत गरी प्रदेश सभामा पेश गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए।
Facebook Comments


























