काठमाडौं, २९ फागुन। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी चैत्र ७ गते बस्नेगरि स्थगित भएको छ।
आजको संसद बैठकमा सांसदहरुले संसददेखि विद्यालय बन्द गर्न आग्रह गरेका थिए। नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै संसद बैठक रोक्न माग गरेका छन्।
उनले संसद र स्कुलहरू बन्द गर्नुपर्ने दोहोर्याए। उनले भने, ‘संसद चलाइराख्नुको तुक छैन। स्कुल बन्द गर्नुपर्छ। कोरोनाभाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन।’ सरकारले उच्च सतर्कता अपनाउन नसकेको उनले बताए। उनले भने,‘सरकारको एक्सन आउनुपर्यो। भीडभाड हुने संसद र स्कुल बन्द गर्नुपर्यो।’
Facebook Comments


























