काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसका सांसद्हरुले संघीय संसदको बैठक स्थगित गर्न माग गरेका छन्। कोरोना भाइरसका कारण विश्व नै प्रभावित भइरहेको बेला संसद् सञ्चालन आवाश्यक नभएको भन्दै स्थगितको माग गरेका हुन्।
‘कोरोना भाइरसको जोखिम छ, यस्तो परिस्थितिमा संसद् धेरै दिन नलचाऊ’ कांग्रेस सांसद भरत शाहले संसदमा प्रस्ताव राख्दै भने। सरकारले यातायातमा सिन्डिकेट हटे पनि हेटौंडा र कावासोतीमा अझै पनि ढाँट राखेर शुल्क उठाउने गरेकोप्रति पनि शाहले आपत्ति जनाए।
उता, कांग्रेसका अर्का सांसद् भीमसेनदास प्रधानले पनि कोरोना भाइरसप्रति सजगता अपनाउनुपर्ने भन्दै संसद् बैठक स्थगित गर्न माग गरे। ‘सरकारले संसद्लाई निरन्तर चलाइराख्नुपर्ने कुनै तुक छैन्, संसद पनि बन्द गर्नु पर्यो,’ प्रधानले भने।
अमेरिकाले युरोपका सम्पूर्ण हवाइ उडान बन्द गराएको मात्रै होइन, अन्य भीडभाड हुने कार्यक्रम पनि स्थगित गराएको उल्लेख गर्दै विद्यालय र भीडभाड हुने कार्यक्रम सबै स्थगित गर्न माग गरेका छन्।

























