काठमाडौं, जेठ १ । नेपालले ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर ल्याउँदै छ। उक्त अक्सिजन सिलिन्डर आज साँझ साढे ६ बजे काठमाडौँ आइपुग्ने छ।नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अक्सिजन सिलिन्डर लिन ओमनको लागि शनिवार बिहान उडेको छ।
कोरोना महामारीको दोस्रो लहर चलिरहँदा नेपालमा अक्सिजन सिलिन्डरको अभाव भइरहेको छ। यसैबीच ५६० थान सिलिन्डर लिन नेपाल वायुसेवा निगमको जहाज ओमन गएको हो। जहाज शनिवार साँझ साढे ६ बजे अक्सिजन सिलिन्डर लिएर काठमाडौँ आइपुग्ने बताइएको छ।
गैरआवासिय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराइएको हो। मस्कटमा रहेको अल हप्सी ट्रेडिङ कम्पनीसँग ६३ हजार ७ सय डलरमा खरिद गरिएको सलिन्डरलाई हाल मस्कट विमानस्थलमा राखिएको त्यहाँको नेपाली दूतावासले जनाएको छ।
Facebook Comments


























