ग्रीस, फागुन २९ । कोरोना भाइरसका कारण ग्रीसमा पहिलो मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार ग्रीसमा कोरोना भाइरसका कारण ६६ वर्षका एक व्यक्तिको मृत्यु भएको छ।
ग्रीसको स्वास्थ्य मन्त्रालयले बयान जारी गर्दै उनको मृत्यु बिहिबार भएको बताएका छन्। उनी धार्मिक यात्रामा इजराइल र इजिप्ट गएका थिए र फेब्रुअरीको अन्तिम दिन ग्रीसबाट फर्किएका थिए।
ग्रीसमा बुधबारसम्म ९९ संक्रमित पुष्टि भइसकेका छन्। एजेन्सी
Facebook Comments






















