काठमाडौं, फागुन २८ । संसदीय सुनुवाई समितिले चीनका लागि सरकारद्वारा प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको सुनुवाई प्रक्रिया बुधबारबाट सुरु गरेको छ।
सुनुवाईबारे छलफल गर्न सो समितिको बुधबार बैठक गर्न लागिएको संसद सचिवालका महासचिव मनोहरप्रसाद भटराईद्वारा जारी सूचनामा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभन्दा एकदिन अघि फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाई उनको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
समितिले बैठक गरी उनीबारे उजुरी आह्वान र कुनै उजुरी परे त्यसमाथि छलफल गरी पाण्डेलाई सुनुवाईका लागि बोलाउनेछ।
सरकारको सो निर्णय संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्छ।
Facebook Comments


























