सिरहा, फागुन २५ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले प्रगती गर्न नसक्ने बताएका छन्।
आइतबार बिहान नेपाल प्रेस युनियन सिरहा शाखाद्वारा लहानमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अघि बढ्न नसक्ने बताएका हुन्। “देउवा जीको नेतृत्वमा कांग्रेस चल्दैन, अघि बढ्न नि सक्दैन” उनले भने।
नेतृत्वले लिएको गलत संस्कार र भागवण्डाको राजनीतिले कांग्रेसमा गलत प्रवृति मौलाइरहेको डाक्टर कोइरालाको भनाइ छ। म गुटको राजनीति गर्दिनँ,’उनले भने, यस्तो राजनीतिलाई विकृतिको रूपमा लिएको छु।’
उनले कोइराला परिवारबाट आउँदो महाधिवेशनमा कोही एकजना सभापतिको उम्मेदवार हुने बताए। शंशाक, शेखर र सुजातामध्ये एकजना सभापतिको उम्मदेवार हुने उने बताए। काँग्रेसलाई पुरानै अवस्थमा पुर्याउन कसले सक्छ भन्ने निर्णय कार्यकर्ताले गर्ने उनले बताए।
विभाग गठनकै कारण सुशील कोइरालालाई शेरबहादुर देउवाले अप्ठयारो पारेको भन्दै उनले यसतर्फ सबै नेता कार्यकर्ताले बुझ्ने बेला भएको बताए। सरकारको गतिविधिले गर्दा लोकतन्त्र र संविधान खतरामा रहेको उनको भनाइ छ।
संसदमा पेश भएका सुरक्षादेखि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विधेयक नेकपाको इच्छाअनुसार पास भयो भन्ने लोकतन्त्र नै समाप्त हुने उनको भनाइ छ।


























