काठमाडौं, फागुन २५ । चीनको ग्वान्जाउ शहरको एक क्वारेन्टाईन केन्द्र भत्किँदा ७ जनाको मृत्यु भएको छ। क्वारेन्टाईनमा च्यापिएका ७० जना मध्ये ४० जनाको जिवितै उद्वार गरिएको विदेशी समाचार माध्यमहरूले जनाएका छन्।
दक्षिणपूर्वी चीनको ग्वान्जाउ शहरको शिन्जयामा शनिबार साँझ साढे ७ बजे कोरोना क्वारेन्टाइन केन्द्र भत्किएको हो।
पॉच तल्ले क्वारेन्टाइन केन्द्र होटल भत्किँदा च्यापिएकहरूको उद्वार कार्य जारी रहेको बताइएको छ। उद्धारका लागि १ सय ४७ जना उद्धारकर्ता परिचालन गरिएको छ।
उद्धारकर्ताहरुले चार घण्टाको अवधीमा अबेर रातीसम्म ४० जनाको जिवितै उद्धार गरेको चीन सरकारले जनाएको छ। भग्नावशेषमा अझै २८ जना पुरिएको हुन सक्ने जनाइएको छ। एजेन्सी
Facebook Comments






















