काठमाडौं, फागुन २३ । प्रतिनिधिसभा बैठकले संघ, प्रदेश र स्थानीय तह अन्तर सम्बन्ध विधयेक–२०७६ दफावार छलफल गर्न सम्बन्धित समितिमा पठाइएको छ।
कानून, न्याय तथा संदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधयेक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन पेश गरेकी थिइन्।
बैठकको सर्वसहमतिबाट विधयेक सम्बन्धित समितिमा पठाइएको छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले युवराज खतिवडाले अर्थ र सूचना, प्रविधि तथा सञ्चार मन्त्री नियुक्त भएको जानकारी समेत संसदमा जानकारी गराएका थिए।
Facebook Comments






















