चितवन, फागुन १० । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले गल्ती काम गर्ने कोही पनि सरकारबाट बच्न नसक्ने बताएका छन्।
शनिवार भरतपुरमा अन्नपूर्ण दाना उद्योगको शिलान्यास गर्ने क्रममा उनले पदको दुरुपयोग गर्ने कसैलाई पनि सरकारले बाँकी नराख्ने बताएका हुन्। सरकार सुशासनको पक्षमा रहेकाले गल्ती काम गर्ने जो कोही कारवाहीको भागिदार हुने उनले उद्घोष गरे।
“गोकुल बाँस्कोटा हुन् या अरु कुनै बाँस्कोटा, गल्ती गर्ने कसैलाई पनि छाडिन्न, त्यत्ति बुझ्नुस् अहिले”, उनले भने। “लोभका कारण कसैले पैसा थाप्न हात अघि बढाउँछ भने कर्मचारी, नेता वा अन्य जो भए पनि त्यो गयो भन्ने बुझ्नुस्”, मन्त्री लामाले बताए। भ्रष्टचारी कारवाहीमा परे देशलाई अघि बढ्न सजिलो हुने उनको भनाइ थियो।
Facebook Comments






















