काठमाडौँ, माघ २९ । नेकपाकी सचेतक शान्ता चौधरीले दिनको दुई घण्टा आम नागरिकलाई निर्वाद रुपमा सिंहदरबार प्रवेश गर्न दिनुपर्ने माग गरेकी छिन्।
बुधबार संसदको शून्य समयमा बोल्दै चौधरीले पास पठाएर सिंहदरबार प्रवेश गर्ने व्यवस्थाले नागरिकलाई समस्या भएको भन्दै कम्तिमा दुई घण्टा परिचयपत्र देखाएर प्रवेश खुला गर्न माग गरेकी हुन्।
सांसद चौधरीले भनिन्, ‘सिंहदबारमा पस्न नागरिकलाई समस्या छ। लाइन लागेर पास पठाएपछि मात्र पस्न पाइन्छ। अब दिनको दुई घण्टा सुरक्षा चेक जाँज गरेर सहज रुपमा छिर्न पाउने व्यवस्था गर्नुपर्यो।’
यस्तै संसदको शून्य समयमा सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङले जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको भनेर हल्ला चलाइएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरे।
जिल्लाको जुगल गाउँपालिकामा संक्रमण फैलिएको भनेर बाहिर आएको विवरण सत्य नभएको उनको दाबी छ। तामाङले भने, ‘जुगल गाउँपालिकामा कोरोना संक्रमण फैलियो भनेर हल्ला फैलिएको छ। सत्यतथ्य के हो बाहिर ल्याउनु पर्यो।’
सांसद विकास भट्टराईले ललिता निवासँगै अब देशका अन्य ठाउँमा भएका सरकारी जग्गा अतिक्रमणलाई बाहिर ल्याउनु पर्ने बताए।
‘ललिता निवास प्रकरणको मुद्दा अदालत पुगेको छ। अब देशका अरु ठाउँमा भएका यस्ता हिनामिना समेत छानबिन गरिनुपर्छ, भट्टराईले भने।
त्यस्तै सांसद शशी श्रेष्ठले संवैधानिक नियकामा पदाधिकारी नियुक्त गर्न ढिलाइ र्भको भन्दै आपत्ति जनाइन्। महत्वपूर्ण संवैधानिक निकाय लामो समयदेखि रिक्त रहँदा कार्य सम्पादनमा समस्या भएको भन्दै नियुक्तिका लागि संवैधानिक परिषद्को ध्यानाकर्षण गराइन्।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











