माघ २९ । दुई मुसा लड्दै गरेको बेला खिचिएको तस्बिरले सबैको मन जितेको छ। ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ (डब्लुपिवाई) अवार्डमा बेलायती फोटोग्राफर साम रोलीले खिचेको दुई मुसाको झगडाको तस्बिरले लुमिक्स पिपुल्स च्वाइस अवार्ड जितेको हो।
रोलीले लण्डनको अण्डरग्राउण्ड रेलवे नेटवर्कको प्लेटफर्ममा दुई मुसाबीच खानाका लागि भएको झगडाको तस्बिर खिचेका हुन्। यात्रुले दिएको खानाका लागि दुई मुसाबीच झगडा हुँदाको तस्बिर लिनका लागि सामले रेलवेको अण्डरग्राउण्ड प्लेटफर्ममा एक हप्ता बिताएका हुन्।
गएको अक्टोबरमा भएको डब्लुपिवाई अवार्डमा शीर्ष अवार्ड जित्न नसके पनि यो तस्बिरले दर्शकको मन भने जितेको हो। डब्लुपिवाईले केही उत्कृष्ट तस्बिर मध्येबाट आफूलाई मन परेको तस्बिर छान्न आग्रह गरेकोमा सामको तस्बिरलाई धेरैले रुचाएका हुन्। सामको तस्बिरले २८ हजार मत पाएको हो।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











