काठमाण्डौं, माघ २३ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सरकारले प्रतिशोधपूर्ण तरिकाले उपसभापति बिजयकुमार गच्छदार विरुद्ध मुद्दा दायर गरेको कांग्रेसले निष्कर्ष निकालेको छ।
सभापति शेबरहादुर देउवा निवासमा बिहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले भ्रष्टाचार मुद्दा प्रतिशोधपूर्ण भएको निष्कर्ष निकालेको हो। बैठकमा सहभागी एक नेताका अनुसार, मन्त्रिपरिषदबाट भएको नीतिगत निर्णयमा गच्छदार फसाउन खोजिएको निष्कर्ष निकालिएको छ।
कांग्रेसले यो प्रकरणमा राजनीतिक तथा कानूनी दुवैतर्फबाट दबाव दिइने निर्णय भएको छ। कांग्रेसले केहीबेरमा प्रेस बक्तव्य जारी गर्दैछ।
अख्तियारले गच्छदार सहित तीन पूर्व मन्त्री विरुद्ध मुद्दा चलाएको छ। ११४ रोपनी जग्गा हिनामिना गरेको भन्दै अख्तियार १७५ जना विरुद्ध १० अर्ब बढीको बिगो दावी माग सहित मुद्दा चलाएको छ।
Facebook Comments

























