काठमाडौं, पुस २४। अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान गरेका छन्।
पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री पुन बिहान साढे १० बजे यूएई प्रस्थान गरेका हुन्।
उनले सम्मेलनलाई यही पुस २६ र २७ गते दुई छुट्टाछुट्टै सत्रलाई सम्बोधन गर्ने मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिए। मन्त्री पुन नेतृत्वको नेपाली प्रतिनिधिमण्डल २८ गते स्वदेश फर्किने छ। टोलीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीलगायत छन्।
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको सम्मेलन हरेक वर्ष आयोजना हुन्छ। यसमा १२० भन्दा बढी सदस्य राष्ट्र छन्। सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुख, राष्ट्र प्रमुख, मन्त्रीलगायत सहभागी हुन्छन्।
Facebook Comments


























