चैत्र १७ । कोरोना भाईरसको महामारीविरुद्ध लड्न भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आर्थिक सहयोग गरेका छन्।
भारतीय कप्तान कोहलीले सोमबार सामाजिक संजाल ट्वीटरबाट महाराष्ट्र मुख्यमन्त्री राहत कोषलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। कोहलीले धर्मपत्नी तथा नायिका अनुष्का शर्मा र आफुले सहयोग गरेको बताएका हुन्। तर, कोहलीले कति रकम सहयोग गरेको त्यो भने खुलाएका छैनन्।
चीनबाट फैलिएको कोरोनाको कारण भारत पनि प्रभावित भएको छ। भारतमा कोरोनाले २५ जना बढीको मृत्यु भईसकेको छ।
यस अघि पूर्व क्रिकेटर सचिन तेन्दुलकरले ५० लाख, राष्ट्रिय टोलीका सदस्य सुरेश रैनाले ५२ लाख, अजिन्का रहानेले १० लाख र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ५१ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका थिए।
Facebook Comments