काठमाण्डौ २० जेष्ठ । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको कभरसग प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५०,००० रुपैयाँ प्रदान गरेको छ । प्रतियोगितामा प्रतिष्पर्धीहरूले बैंकको कर्पाेरेट गीत गाएर युट्युबमा अपलोड गरेका थिए । यसरी युट्युबमा अपलोड गरेको गीतको भ्युजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएकोे सिद्धार्थ बैंक जानकारी गराएको छ । आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिंदै जाने बैंकले जानकारी गराएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६८ एटिएम र १,३०० भन्दा बढी पि ओ एस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Facebook Comments