डडेलधुरा, ०९ जेठ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना कमीकमजोरी र व्यक्तिवादी सोच हटाई पार्टी बलियो बनाउन लाग्नुपर्ने बताएका छन्। नेता पौडेलले कार्यकर्ता भेटघाटका क्रममा सुदूरपश्चिमका विभिन्न जिल्ला हुँदै बिहीबार डडेल्धुरा आइपुगेका वरिष्ठ नेता पौडेलले कांग्रेस विभिन्न कारणले समस्यामा परेकाले त्यसबाट पार्टीलाई मुक्त गर्नुपर्ने बताएका हुन्।
नेता पौडेल र पार्टी सभापति शेरबहादुर देउवाले मतभेद हटाई पार्टी एक ढिक्का बनाएर जानुपर्ने डडेलधुरा र सुदूरपश्चिमका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताले जोड दिएका थिए। पार्टी बलियो बनाउन सभापति देउवा र वरिष्ठ नेता पौडेल एकै गाडीमा कार्यक्रमस्थल पुगी सम्बोधन गरे मात्रै मिलेको आभास हुने डडेल्धुरा कांग्रेसका सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले बताए। -रासस
Facebook Comments