चितवन । रत्ननगर नगरपालिकाको आयोजनामा नगरस्तरीय मेलमिलाप समन्वय समितिको पुनर्गठन भएको छ। रत्ननगर नगरपालिकाका उपप्रमुख एवं रत्ननगर न्यायिक समितिका अध्यक्ष यादवप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न बैठकले नौ सदस्यीय नगरस्तरीय मेलमिलाप समन्वय समिति गठन गरेको हो।
रत्ननगरका १६ वटै वडामा रहेका ११६ जना मेलमिलापकर्तामध्येबाट भूपेन्द्र अधिकारीको अध्यक्षतामा नौ सदस्यीय समन्वय समिति गठन गरिएको छ। सचिवमा सङ्गीता खनाल, कोषाध्यक्षमा अनिता अर्याल रहेका छन् भने सदस्यहरुमा प्रमिला ढकाल, सुजाता विष्ट, रामचन्द्र दुवाडी, कृष्णप्रसाद अधिकारी, सीता नेपाल र विष्णु भण्डारी कट्टेल रहेका छन्।
रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, न्यायिक समिति सदस्य देवेन्द्र भुजेलको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण न्यायिक समितिका सदस्य सचिव प्रियंका थापाले गरेकी थिइन्।


























