चितवन । लागूऔषध खैरो हेरोइनको कारोबार गर्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। खैरहनी नगरपालिका वडा नं.२ बाट फागुन १५ गते राति पौने १० बजेको समयमा पक्राउ गरेको हो।
खैरहनी नगरपालिका वडा नं.३ बस्ने वर्ष ३० का बिक्रम गुरुङ र सोही नगरपालिका वडा नं.८ बस्ने वर्ष २४ को गगन सिंजालीमगरलाई १५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०६–००१ प ५६०५ नं.को मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments