मकवानपुर । राप्रपा मकवानपुरको प्रवक्तामा आयुषकुमार डोटेल नियुक्त भएका छन्। सोमबार बसेको पार्टी जिल्ला पदाधिकारीको बैठकले डोटेललाई पार्टीको जिल्ला प्रवक्तामा नियुक्त गरेको हो। जिल्ला अध्यक्ष शिवराम थापाको अध्यक्षतामा १७ सदस्यीय सचिवालय समिति र पाँच सदस्यीय अनुगमन तथा मूल्यांकन समिति निर्माण गरिएको हो।
हेटौँडा(९, निवासी डोटेल हेटौँडा–४ मा रहेको सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् भने उनले अन्य विभिन्न उद्योग तथा व्यापारिक क्षेत्रमा समेत लगानी गरेका छन्। राप्रपाले एक उदियमान नेतालाई प्रवक्ताको रुपमा पाएको पार्टीले जनाएको छ। यस अघि जिल्ला सह(सचिवसमेत भइसकेका नेता डोटेलको राजनितीक यात्रा भने नेकपा ऐमाले निकट विद्यार्थी संगठनबाट भएको थियो।
Facebook Comments


























