चितवन । नेकपा एमालेले कालिका नगरपालिकामा चुनावी अभियान तीव्र पारेको छ। सोमबार कालिकाको ११ वटै वडामा घरदैलो र कोणसभा भए। सोही क्रममा ६ नं. वडाको खोलेसिमल बजारमा वडा भेलासमेत सम्पन्न भएको छ।
नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, मेयर पदका उमेदवार विनोद रेग्मी, उप–मेयर पदका उमेदवार विमला लामा तथा नेता टीकाराज रिजाललगायतले कार्यक्रममा मन्तव्य राखेका थिए।
सोमबार नै वडा नं.८ को देवीटारमा मेयरका उमेदवार रेग्मी, उप–मेयरका उमेदवार लामासहितको टोलीले घरदैलो गरेको छ। वडा नं.५ को पदमपुरमा पनि घरदैलो कार्यक्रम तथा कोणसभा गरिएको थियो। उक्त कार्यक्रममा उमेदवारहरूले आफूलाई मतदान गरेर जिताइदिन आग्रह गरेका थिए।
Facebook Comments


























