चैत्र ५ । प्रिमियर लिग क्लब चेल्सी किन्नका लागि आधा दर्जन धनाढ्य र कम्पनिले बोलपत्र पेश गरेका छन्।
चेल्सी किन्नका लागि आधा दर्जन कम्पनि र धनाढ्यको बोलपत्र पेश भएको बीबीसीले जनाएको छ। चेल्सी किन्नका लागि शुक्रबारसम्म बोलपत्र पेशको समय तोकिएको थियो।
चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले तीन साता अघि क्लब बेच्ने घोषणा गरेका थिए। लण्डन क्लबका मालिक रोमनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको बताएका थिए।
रोमनले २००४ मा चेल्सी किनेका थिए। तर, हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ। उनी ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए। उनको भिषा अवधि सकिएको छ। एजेन्सी
Facebook Comments


























