काठमाडौं, चैत्र २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रामक भएर चुनावमा जानुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘हामी आक्रामक हुँदा मात्र जित्छौं, रक्षात्मक मात्र भएर होइन।
२०६४ को चुनाव हामीले आक्रामक भएरै जितेको हो।’ पार्टी पंक्ति दुई महिना लाग्ने हो भने चुनाव जित्न सकिने उनले बताएको एक सहभागीले जानकारी दिए।
माओवादी केन्द्रलाई हराउने र दुई पार्टी मात्र गराउने षड्यन्त्र भइरहेको भन्दै उनले अघि भने, ‘प्रतिक्रियावादीहरुको निशाना अहिले पनि माओवादी माथि छ। यो दुई महिना हामी सेना भएर निस्कनुपर्छ। हामी जित्छौं।’
उनले गटबन्धनमा देलान र खाउँला भन्ने मानसिकता त्याग्न समेत नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
Facebook Comments


























