चैत्र २ । आम आदमी पार्टीका नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्रीको रुपमा सपथ लिएका छन्। उनको सपथ ग्रहण समारोह पञ्जाबको नवासहरमा भगत सिंहको पैतृक गाउँ खटकड कलामा भएको थियो।
पञ्जाबका राज्यपाल बनवारीलाल पुरोहितले सपथ ग्रहण गराएका हुन्। उनी पञ्जाबका १७ औं मुख्यमन्त्री हुन्।
विधानसभा चुनावमा आम आदमी पार्टीले पूर्ण बहुमतका साथ पञ्जाबमा जितेको थियो। पार्टीलाई पञ्जाबको ११७ सिटमध्ये ९२ सिटमा जित मिलेको छ। कांग्रेसलाई १८, भाजपालाई २ र अकाली दलले ३ सिट जितेका थिए।
भगवन्तले कांग्रेसका दलवीर सिंह गोल्डीलाई पराजित गरेका थिए। पञ्जाब निर्वाचनमा कतिपय दिग्गज नेता पनि पराजित भएका छन्। प्रमुख पार्टी मानिएका कांग्रेस र अकाली दल पनि खुम्चिएपछि पञ्जाबमा आम आदमी पार्टीको ऐतिहासिक जित भनिएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











