फागुन २६ । नेपाली यू–१९ महिला क्रिकेट टिमले आगामी मे–जुनमा हुने आईसीसी यू–१९ महिला एसिया कप छनोटमा सहभागी हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) श्रोतका अनुसार छनोट मे अथवा जुनमा हुने भएपछि आयोजक देशको टुंगो भने लागेको छैन। एसिया कप छनोट आयोजनाका लागि मलेसियासहितका देशहरुले प्रयास गरिरहेका छन्।
छनोटकै लागि क्यानले धनगढीमा चैतमा राष्ट्रिय प्रतियोगिता आयोजना समेत गर्ने तयारी गरिरहेको छ। यसका लागि कैलाली क्रिकेट संघलाई पत्राचार पनि गरिसकिएको क्यान श्रोतले जनाएको छ।
खेलाडी छनोटको रुपमा रहेको राष्ट्रिय प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहनेछ। राष्ट्रिय प्रतियोगिताबाट छनोटमा परेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिनेछ।
Facebook Comments


























