बैशाख १० । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ। चेन्नईमा हुने पन्जाब र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ।
दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। पन्जाब आज दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ। अघिल्ला ४ खेलमा पन्जाबले १ जित र ३ हार व्यहोरेको छ। पन्जाब ४ खेलमा २ अंक जोडेर सातौं स्थानमा रहेको छ।
साविक विजेता मुम्बई तेस्रो जित निकाल्ने योजनामा रहेका छन्। मुम्बई ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ। दुई टिमबीचको पछिल्लो प्रतिस्पर्धामा मुम्बई हाबी हुँदै आएको छ।
पछिल्लो पाँच भेटमा मुम्बईले ३ खेल जितेको छ। पन्जाबले २ खेल जितेको छ। अघिल्लो संस्करणको दुई भेटमा दुबै टिमले एक एक जित निकालेका थिए।
Facebook Comments




















