फागुन २६ । भारतका विभिन्न राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।
भारतका राज्यहरु उत्तर प्रदेश, पञ्जाब, गोवा, उत्तराखण्ड र मणिपुरमा विधानसभाको मतपरिणाम आउने क्रम जारी रहेको हो। भारतीय सञ्चारमाध्यमले सबैभन्दा धेरै जनसङ्ख्या रहेको उत्तर प्रदेश राज्यमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले बहुमत ल्याउने जनाएका छन्।
टाइम्स अफ इण्डियाले सार्वजनिक गरेको नतिजअनुसार उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले कूल ४०३ सिटमध्ये २४५ सिट ल्याउने उल्लेख गरेको छ । उत्तर प्रदेशमा सरकार बनाउन २०२ सिट भए पुग्छ।
यस्तै दोश्रो स्थानको समाजवादी पार्टीले केबल ११५ सिट ल्याउने जनाइएको छ। तेश्रो स्थानको बहुजन समाज पार्टीको जम्मा ६ सिट छ। त्यस्तै, कंग्रेस पार्टीले केबल ३ सिटमा चित्त बुझाउनु परेको छ।
उत्तर प्रदेशमा गत १० फेब्रुअरी देखि ७ मार्च सम्म ७ चरणमा मतदान भएको थियो।


























