फागुन २६ । पूर्व विश्व नम्बर एक नोभाक जोकोभिचले इन्डियन वेल्स र मियामी ओपन टेनिस नखेल्ने भएका छन्।
अमेरिकाको कोभिड-१९ को नियमको कारण जोकोभिचले दुई प्रतियोगिता गुमाउने भएका हुन्। जोकोभिकले सामाजिक संजालबाट आफुले दुबै प्रतियोगिता नखेल्ने बताएका छन्।
जोकोभिचले हालसम्म कोभिडविरुद्धको खोप लगाएका छैनन्। अमेरिका भ्रमणका लागि कोभिड खोप अनिवार्य गरिएको छ। खोप नलगाएको कारण उनले यस अघि अष्ट्रेलियन ओपन गुमाएका थिए।
Facebook Comments


























