सङ्खुवासभा। फगुन २६ । जिल्लाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।
आज बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तिमा भएको दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन्। उनका अनुसार मृत्तकको पहिचान भइसकेको छैन। दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ।
दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए। क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए।
स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए। बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ।
Facebook Comments


























