फागुन २५ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आह्वान गरेका छन्। रुसले युक्रेनमाथि आक्रमण जारी राखेका बेला बाइडनले यस्तो आह्वान गरेका हुन्।
रुसले किभ कब्जा गरेको खण्डमा आफ्ना नागरिकहरुलाई बचाउनका लागि सेना पठाउन नसक्ने भन्दै तत्काल युक्रेन छाड्न आफ्ना नागरिकलाई आह्वान गरेका हुन्।
युक्रेनको अवस्था अझै खतरनाक बन्न सक्ने उनको चिन्ता छ। बाल्टिक मुलुकहरु इस्टोनिया, लाट्भिया र लिथुएनियाले पूर्वी युरोपमा सैनिक सहयोग बढाउन नेटाआबद्ध मुलुकहरुलाई आह्वान गरेलगत्तै बाइडनको यस्तो भनाइ आएको हो।
गत फेब्रुअरी २४ यता युक्रेनमा रुसी हमला जारी छ। रुसी आक्रमणका कारण बीस लाख भन्दा धेरैले युक्रेन छाडिसकेका छन्।
Facebook Comments


























