फागुन २५ । सुनको भाउ बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि २०७७ साउन २३ गते छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो।
आज अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँको हो। यसअघि मंगलबार स्थिर रहेको सुनको मूल्य सामेबार ११ सयले बढेर लाख १ हजार २ सय ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो।
आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























