चैत्र ५ । २४ घण्टाको अवधिमा १२ आक्रमणकारी रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनी फौजले दाबी गरेको छ।
युक्रेनी फौजले रुसका दुई लडाकु विमान, तीन हेलिकोप्टर, तीन ड्रोन र चार क्रुज क्षेप्यास्त्र ध्वस्त पारिदिएको दाबी गरेको हो। फेसबुकमा पोष्ट गर्दै युक्रेनी फौजको वायुसेना बलको कमान्डले यस्तो दाबी गरेको हो।
यिमध्ये १० निशाना युक्रेनको वायुसेनाले ध्वस्त पारेको जनाइएको छ भने बाँकी दुई निशाना जमिनमा आधारित हवाई रक्षा एकाइले ध्वस्त पारेको युक्रेनी वायुसेनालाई उद्धृत गर्दै युक्रेनबाट प्रकाशित हुने युक्रेइन्फोर्म अनलाइनले जनाएको छ।
रुसले गत फेब्रुअरी २४ यता युक्रेनमा आक्रमण थालेको हो। त्यसयता युक्रेनी पक्षले १४ हजार २ सय भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको र अरु सयौं हतियार एवम् सैनिक उपकरण ध्वस्त पारिदिएको दाबी गरेको छ। एजेन्सी
Facebook Comments