फागुन १५ । नेपालमा पछिल्लो २४ घण्टामा ४१५ जना कोरोना संक्रमित निको भएका छन्।
यस्तै, नेपालमा १११ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ९ हजार ७१० जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार ६४८६ पिसिआर परीक्षणबाट र ३२२४ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित छन्।
Facebook Comments


























