चितवन, फागुन १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई प्रधानमन्त्री हुने अवसर आए जिम्मेवारी लिने बताएका छन्। चितवनमा आयोजित कार्यक्रममा देउवाले आफूहरुलाई पदको लोभ नभएको भन्दै जिम्मेवारी आए नभाग्ने बताए।
‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’
आफूले प्रधानमन्त्री पद नमागेको पनि उनले बताए। उनले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने बताए। वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा उठाएको भन्दै जवाफमा उनले शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न पनि आग्रह गरेका छन्।