फागुन १५ । राफायल नाडालले मेक्सिकन ओपन टेनिसको उपाधि हात पारेका छन्।
आईतबार भएको फाइनलमा बेलायती नम्बर १ क्यामरोन नोरीलाई सोझो सेटमा पराजित गर्दै स्पेनिस खेलाडी नाडालले उपाधि जितेका हुन्। नाडालले नोरीलाई ६–४ र ६–४ को सेटमा पराजित गरे।
नाडालले सन् २०२२ मा खेलेका तीनवटै प्रतियोगिताको उपाधि जितेका छन्। अष्ट्रेलियन ओपनको उपाधि जित्दै उनी २१ पटक ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडी बनेका थिए। समग्रमा नाडालको यो ९१ औं उपाधि हो।
सन् २००५ मा १८ वर्षको उमेरमा तथा सन् २०२२ मा ३५ वर्षको उमेरमा उपाधि जितेका नाडाल सबैभन्दा कम उमेर तथा सबैभन्दा बढी उमेरमा मेक्सिकन ओपनको उपाधि जित्ने खेलाडी बनेका छन्।
Facebook Comments


























