काठमाडौँ, फागुन १५ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
आज दिउँसो १ बजे बस्ने भनिएको बैठक केहीबेर अघि सुरु भएको हो। नेकपा एमालेको अवरोधका बीच बैठक चलिरहेको छ। बैठकमा एससीसीमाथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गरेका छन्।
प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु भएको छ। छलफलमा भाग लिन सभामुख अग्निप्रसाद सापकोटाले सांसद्हरूलाई पाँच–पाँच मिनेटको समय छुट्याएका छन्। यसअघि, गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो।
Facebook Comments


























