फागुन ११ । भारतीय क्रिकेट टिमका फास्ट बलर दिपक चहर तथा ब्याट्सम्यान सुर्यकुमार यादवले श्रीलंकाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज गुमाउने भएका छन्।
घरेलु टोली भारत र श्रीलंकाबीचको तीन खेलको सिरिज बिहीबारबाट सुरु हुदैछ। तर घाइते भएपछि दिपक र सुर्यकुमारले सिरिज गुमाउने बीसीसीआईले जनाएको छ।
दिपक र सुर्यकुमारले वेस्ट इन्डिजविरुद्धको अन्तिम टी–ट्वान्टी खेलमा चोट बोकेका थिए। तर उनीहरुको स्थानमा भने अन्य खेलाडीलाई नल्याइने बीसीसीआईले जनाएको छ।
Facebook Comments


























