काठमाडौं, फागुन ९ । अमेरिकी सहयोग परियोजना (एमसीसी) मा विवाद भएपछि सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सचिवायल बैठक बोलाएको छ।
एमसीसीका विषयमा पार्टीका नेताहरुबीच मत बाझिएपछि आज (सोमबार) दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाइएको हो।
यसअघि शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको थियो। तर एमसीसी सम्बन्धी छलफलका लागि बनाइएको कार्यदलको संयोजकसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेस गर्ने विषयमा निर्णय नै नभएको बताएका थिए।
शनिबारको बैठकले एमसीसी संसदमा पेस गर्न दिए पनि संशोधनबिना अनुमोदन गर्न नदिने निर्णय गरेको थियो। तर आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुँदा एकीकृत समाजवादीका सांसदहरुले विरोध गरेका थिए।
Facebook Comments


























