काठमाडौं, असार २२ । नेप्से १३ सय अंकको नजिक पुगेको छ।
साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से ३३ दसमलव २७ अंकले बढेर १२ सय ९८ दसमलव ७३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव तीन अंकले बढेर दुई सय ७५ दसमलव ८८ बिन्दुमा पुगेको हो। एक सय ७६ कम्पनीहरुको १७ हजार तीन सय ८४ वटा कारोवारमा २७ लाख ३१ हजार चार सय ९८ कित्ता सेयर खरिद भएकाछन भने सेयर कारोवार रकम ९२ करोड ७८ लाख ४१ हजार तीन सय २९ रुपैयाँ पुगेको छ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले घटेर रातो देखिएपनि बाँकी समुहको सुचक बढेर नेप्से हरियो भएको छ। जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव २९ अंकले बढेर ११ सय नौ दसमलव ८१ बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक दुई सय ७४ दसमलव चार अंकले बढेर पाँच हजार सात सय ८२ दसमलव ७३ बिन्दुमा चढेको छ।
जीवन बीमा समुहको सुचक पनि आज दुई सय ६६ दसमलव ४३ अंकले बढेर सात हजार आठ सय दसमलव ९५ बिन्दुमा चढेको छ। यि बाहेक बिकास बैंक, लघुबित्त, जलबिद्युत, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेर हरियो भएको छ।
आज कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको ग्लोवल आईएमई लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको राधी जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८ पैसाले घटेर एक सय ६४ रुपैयाँमा कारोवार भएको छ।
यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता चार सय ४० रुपैयाँ अन्तिम मुल्यमा १४ करोड ५३ लाख ३१ हजार तीन सय ८० रुपैयाँको कारोवार भएको छ।


























