काठमाण्डौं, माघ २० । सेवाग्राहीसँग घुस लिएको आरोपमा निलम्बनमा परेका तत्कालीन दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध अख्यितार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार रिजालविरुद्ध विशेष अदालतमा ५० हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको अख्यितारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। गृहमन्त्रालयले गएको मंसिर २४ गते आयोगको सिफारिसअनुसार निलम्बन गरेको थियो।
प्रमुख जिल्ला अधिकारी (उपसचिव) रहेका रिजालले थुनामा रहेका व्यक्तिलाई धरौटीमा रिहा गर्न एक लाख ५० हजार घुस मागेका थिए।
बुहारीलाई तातो पानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका बाबुछोरा उदिम तामाङ तथा इन्द्रबहादुर तामाङ र जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले ५० हजार घुस लिएका थिए।
आफ्नै कार्यकक्षमा बसेर घुसको बार्गेनिङ गरेको भिडियो सार्वजनिक भएपछि उनी छानबिनको घेरामा परेका थिए।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











