चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले इच्छाकामना गाउँपालिका कमिटी बिस्तार गरेको छ। सोनाम हुसेनको अध्यक्षतामा १० सदस्यीय गाउँपालिका कमिटि गठन गरेको हो। उपाध्यक्षमा सत्संग सिलवाल, सचिवमा दिपेन्द्र खड्का, सह–सचिवमा लक्ष्मण गुरूङ र कोषाध्यक्षमा रविना खड्कालाई चयन गरिएको पार्टीले जनाएको छ।
यस्तै सदस्यहरूमा विवेक गुरूङ, सन्तबहादुर तामाङ, शिव मगर र रूपेश गुरूङ चयन भएका छन्। राप्रपाको केन्द्रीय सह–महामन्त्री रीना गुरूङको उपस्थितिमा गाउँकमिटी बिस्तार गरिएको हो। बागमती प्रदेशसभा सदस्यसमेत रहेकी नेतृ गुरूङले पार्टीको केन्द्रीय नीतिअनुसार गाउँ तथा वडासम्मको कमिटी बिस्तार गर्दै आएको बताइन्।
जनताको जनजीविकामा देखा परेका समस्या समाधान गर्न वैकल्पिक शक्तिको खाँचो देखिएको भन्दै राप्रपाले नै देश विकास र राष्ट्रियताको पक्षमा लैजान सक्ने दाबी गरिन्। कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मनमाया गुरूङ, प्रदेश सदस्य ज्ञानुजंग लामा, चितवन क्षेत्र नम्बर १ का अध्यक्ष बलराम खनाल, १ (ख)का अध्यक्ष हरिशरण भट्टराई, २ (क)का उपाध्यक्ष नीमा लामा, भरतपुर महानगर कमिटी सदस्य ओमकार महतो, महिला संगठन माडी सदस्य लक्ष्मी दाहाललगायतको उपस्थिति थियो।


























